बालसुधार गृहको अवस्था सुधार गर्न सरकारलाई संसदीय समितिको निर्देशन

1200x150_1200x150-01.jpg (1)

वीरगंज , साउन , ३ —

प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले देशभरका बालसुधार गृहहरूको अवस्था सुधार गर्न सरकारलाई चार बुँदे निर्देशन दिएको छ।

बालसुधार गृहमा रहेका बालबालिकाको मानवअधिकार अवस्थासम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफलपछि समितिले भौतिक पूर्वाधार सुधार, क्षमता अभिवृद्धि, पोषण व्यवस्थापन र वैकल्पिक व्यवस्थाको काम तत्काल अघि बढाउन सरकारलाई निर्देशन दिएको हो।

समितिकी सभापति समीक्षा बास्कोटाले सुधार गृहमा बढ्दो चाप र सीमित पूर्वाधारलाई ध्यानमा राख्दै आवश्यक वैकल्पिक व्यवस्था गर्न महिला तथा गृह मन्त्रालयलाई निर्देशन दिएकी छन्। रुपन्देहीको बालसुधार गृह अनुपयुक्त रहेको भन्दै त्यसलाई जिल्ला समन्वय समितिको नवनिर्मित भवनमा तत्काल स्थानान्तरण गर्न पनि भनिएको छ।

उपसमितिको प्रतिवेदनअनुसार देशभरका १० वटा बालसुधार गृहको क्षमता १,०८५ जनाको भए पनि हाल १,१९५ जना बालबालिका आश्रित छन्। अधिकांश सुधार गृह पुराना तथा कारागारजस्ता संरचनामा सञ्चालनमा रहेका छन् भने १० मध्ये केवल ४ वटामा मात्र विद्यालयको व्यवस्था रहेको उल्लेख गरिएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः