पर्सामा अपराध नियन्त्रणमा प्रहरी सफल, लागूऔषध र हुण्डी अझै चुनौती

1200x150_1200x150-01.jpg (1)

पर्सा , साउन ३ —

पछिल्ला तीन आर्थिक वर्षमा पर्सा प्रहरीले फरार प्रतिवादी पक्राउ, अदालतका फैसला कार्यान्वयन तथा भन्सार छली नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांकअनुसार फरार प्रतिवादी पक्राउ, कैद कार्यान्वयन र जरिवाना असुलीमा निरन्तर सुधार देखिएको छ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ९३९ फरार प्रतिवादी पक्राउ परेका छन् भने १६३ वर्षभन्दा बढी कैद कार्यान्वयन गरी ८ करोड २३ लाख रुपैयाँभन्दा बढी जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ। यस अवधिमा ५५ करोड ५१ लाख रुपैयाँभन्दा बढीका अवैध सामान बरामद गरिएको छ।

यद्यपि भारतसँगको खुला सीमाका कारण लागूऔषध तस्करी र हुण्डी कारोबार भने अझै प्रमुख चुनौती बनेका छन्। चालु आर्थिक वर्षको जेठसम्म १ हजार ६४८ किलो गाँजा, २ लाख ३४ हजारभन्दा बढी ट्रामाडोल क्याप्सुल बरामद गरिएको छ भने लागूऔषधका ९७ मुद्दामा १३६ जना पक्राउ परेका छन्। साथै, हुण्डीसम्बन्धी ८ मुद्दामा १२ जनालाई पक्राउ गरी ५३ लाख २१ हजार रुपैयाँ बरामद गरिएको छ।

प्रहरीले अपराध नियन्त्रणमा उपलब्धि हासिल गरे पनि सीमापार सञ्चालित लागूऔषध तथा संगठित आर्थिक अपराध नियन्त्रणका लागि अझ प्रभावकारी अनुसन्धान, प्रविधिमैत्री निगरानी र नेपाल–भारत सुरक्षा निकायबीच समन्वय आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः