तीन दलको प्रदेश सरकार प्रस्ताव कांग्रेसद्वारा अस्वीकार : गगन थापा

1200x150_1200x150-01.jpg (1)

वीरगंज , साउन ३ —

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका लागि तीन ठूला दल मिल्ने प्रस्ताव जनादेशविपरीत भएको भन्दै कांग्रेसले अस्वीकार गर्ने स्पष्ट पारेका छन्।

ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण तथा ४४औँ बीपी स्मृति सप्ताहको उद्घाटन कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेशसभा प्रतिपक्षविहीन हुने भएकाले लोकतान्त्रिक अभ्यास कमजोर हुने बताए।

उनले सत्ताका लागि विगतका गल्ती दोहोर्‍याउने पक्षमा कांग्रेस नरहेको उल्लेख गर्दै अब सिद्धान्त, लोकतान्त्रिक मूल्य र जनादेशलाई केन्द्रमा राखेर राजनीति अघि बढाइने बताए। चुनावअघि एक दलसँग गठबन्धन गर्ने र चुनावपछि अर्कोसँग सरकार बनाउने प्रवृत्तिले राजनीतिक अस्थिरता बढाएको भन्दै उनले सरकारमा सहभागी हुनु मात्र कांग्रेसको उद्देश्य नभएको स्पष्ट पारे।

भर्खरै

सम्बन्धित पोस्टहरुः