वीरगंज , साउन ३ –
फिफा विश्वकप २०२६ को उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक विजेता अर्जेन्टिनाबीच रोमाञ्चक फाइनल हुँदैछ। अमेरिकाको मेटलाइफ स्टेडियममा नेपाली समयअनुसार राति पौने १ बजे हुने खेलमा अर्जेन्टिनाको आक्रामक आक्रमण र स्पेनको बलियो रक्षापङ्क्तिबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
फाइनलमा १९ वर्षीय लामिन यामाल र ३९ वर्षीय लियोनेल मेस्सीको भिडन्त विशेष आकर्षण हुनेछ। स्पेन दोस्रो विश्वकप उपाधिको खोजीमा छ भने अर्जेन्टिना लगातार दोस्रो पटक विश्वविजेता बन्ने लक्ष्यसहित मैदान उत्रिनेछ। हालसम्म दुवै टोलीले एकअर्काविरुद्ध १४ खेल खेल्दा समान ६–६ जित निकालेका छन्।







