पर्साका ७ स्थानीय तह बजेटविहीन, विकास योजना प्रभावित हुने जोखिम

1200x150_1200x150-01.jpg (1)

वीरगंज , साउन ३ –

पर्सा जिल्लाका सात स्थानीय तहले आर्थिक वर्ष २०८३/०८४ को बजेट हालसम्म पारित गर्न नसक्दा नयाँ आर्थिक वर्षका विकास निर्माणका योजना र सेवा प्रवाह प्रभावित हुने अवस्था देखिएको छ।

बजेट पारित गर्न बाँकी रहेका स्थानीय तहमा छिपहरमाई, कालिकामाई, पकाहाँ मैनपुर, बिन्दवासिनी, सखुवा प्रसौनी गाउँपालिका तथा पोखरिया र बहुदरमाई नगरपालिका रहेका छन्। जनप्रतिनिधिबीचको मतभेदका कारण गाउँसभा तथा नगरसभा सम्पन्न हुन नसक्दा बजेट रोकिएको जनाइएको छ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने व्यवस्था भए पनि ती पालिकाले समयसीमा पालना गर्न सकेका छैनन्। यसले विकास आयोजना, खरिद प्रक्रिया तथा प्रशासनिक काममा ढिलाइ हुने देखिएको छ।

यसैबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई साउन ७ गतेभित्र बजेट प्रणालीमा प्रविष्ट गर्न निर्देशन दिँदै अन्यथा बजेट रोक्का हुन सक्ने चेतावनी दिएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः