वीरगंज, ३ साउन ।
जिल्ला प्रहरी कार्यालय पर्साले बैंकिङ कसूर मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका वडा नं. १४ बस्ने २७ वर्षीय सुरेन्द्र पटेल रहेका छन। बैंकिङ कसूर मुद्दामा अदालतबाट ३ दिन कैद र ४ लाख रुपियाँ जरिवानाको सजाय तोकिएका पटेल लामो समयदेखि फरार थिए।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पटेललाई आज श्रावण १ गते बिहान १०ः०० बजे वीरगंजकै वडा नं. १२, श्रीपुर क्षेत्रबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका पटेललाई आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लले जनाएका छन् ।







