दुईजना अनलाइन ठग पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज, ३ साउन ।
अनलाइन ठगी कार्यमा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लका अनुसार, पक्राउ पर्नेमा बारा जिल्ला प्रसौनी गाउँपालिका वडा नं. १ का २० वर्षीय जसमुदिन अन्सारी र पर्सा जिल्ला बहुदरमाई नगरपालिका वडा नं. १ का २० वर्षीय बिशाल पटेल रहेका छन।
पक्राउ परेका व्यक्तिहरूले सामाजिक सञ्जालमा नक्कली फेसबुक एकाउन्ट र मेसेन्जर आईडी बनाएर सर्वसाधारणलाई ठगी गर्दै आएको अनुसन्धानबाट खुलेको छ।
वीरगंज–१६ बस्ने ४९ वर्षीय शिवपूजन बैठाको घरमा डेरा गरी बस्ने रौतहट घर बताउने सञ्जय पटेल हाल वैदेशिक रोजगारीको सिलसिलामा युकेको लण्डनमा रहेको र सञ्जयको फोटो राखेर फेक फेसबुक र म्यासेन्जर अकाउन्ट बनाएर शिवपूजनलाई झुक्याएर सञ्जयको फेक म्यासेन्जरबाट म समस्यामा छु भनी बहाना बनाई २ लाख ५० हजार रुपियाँ ठगी गरेको उजुरी शिवपूजनले प्रहरीमा दिएका थिए ।
यसैगरी प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा विशाल र जसमुदीनले सर्वसाधारणलाई विभिन्न प्रलोभन देखाएर बैंक खाता खोल्न लगाउने र सिमकार्डको दुरूपयोग गरी अनलाइन ठगी गर्दै आएको प्रहरीले जनाएको छ। घटनामा संलग्न दुवै जनालाई साउन २ गते वीरगंज महानगरपालिका वडा नं. ८ बाट पक्राउ गरिएको हो ।
हाल उनीहरूविरूद्ध ठगी सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः