वीरगंज, ४ असार ।
बारा जिल्लाको प्रसौनी गा.पा.५ बहुअरी टोलमा डेरा गरी बस्ने पर्साको सखुवाप्रसौनी गा.पा. ३ निवासी वर्ष ३३ को महेश पटेल आगलागीमा परेर घाइते भएका छन् ।
गएराति ११ बजे पटेलले खाना पकाउनको क्रममा ग्याँस लिक भई अचानक सर्टमा आगलागी हुँदा निजको अनुहार, छाती,पिठयू र दुबै हातमा जलेको र गण्डक हस्पिटल पर्सामा उपचार भईरहेको इलाका प्रहरी कार्यालय, प्रसौनीले जनाएको छ ।
प्र.ब.ना.नि. बिनोद राना मगर, प्र.ह.रामअधिन यादवको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।







