ट्रक लिएर सहचालक बेपत्ता भएपछि….

1200x150_1200x150-01.jpg (1)

वीरगंज, ४ असार ।
बारामा सहचालकले ट्रक लिएर बेपत्ता भएपनि उक्त ट्रक प्रहरीले बरामद गरेको छ ।

बारा जितपुरसिमरा उ.म.न.पा.१ बस्ने वर्ष ३१ को अनोज थापा (चालक)ले आफ्नै घर अगाडी पार्किङ गरी राखेको ना ६ ख १३५७ नं. को टाटा कम्पनीको खाली ट्रक लिएर सहचालक बेपत्ता भएका थिए ।

नाम थर वतन नखुलेको सोही ट्रकका सहचालकले कसैलाई जानकारी नगराइ ट्रक लिएर बेपत्ता भएपछि खोजतलासको क्रममा प्रहरी चौकी पथलैयाबाट सात सय मिटर पूर्वमा भेटिएको बारा प्रहरीले जनाएको छ ।

प्र.ह. मोहर कुमार दासको कमाण्डमा २ जनाको टोलीले उक्त ट्रक बरामद गरी ट्रकधनी जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा. १ बस्ने सोम गुरूङलाई बुझाउने जनाएको छ ।

सम्बन्धित पोस्टहरुः