वडाध्यक्ष पटेललाई प्रहरी लगाएर उपस्थित गराइयो

1200x150_1200x150-01.jpg (1)

पर्सा , साउन ५ –

पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेललाई कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहारको घटनापछि प्रहरीले जिल्ला प्रशासन कार्यालयको निर्देशनअनुसार प्रहरीको उपस्थितिमा उपस्थित गराएको छ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार जिल्ला प्रशासन कार्यालय पर्साको पत्र र जिल्ला प्रहरी कार्यालय पर्साको परिपत्रका आधारमा वडाध्यक्ष पटेललाई प्रहरीको उपस्थितिमा ल्याइएको हो। उनीमाथि घटनासम्बन्धी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

गत असार २३ गते गाउँ कार्यपालिकाको कार्यालयमा कम्प्युटर अपरेटर चन्दनकुमार चौरसियामाथि कुटपिट तथा दुर्व्यवहार भएको आरोप लागेको थियो। कार्यालय समयमै आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका कर्मचारीमाथि भएको घटनाको विरोध गर्दै गाउँपालिकाका कर्मचारीहरूले दोषीमाथि कानुनी कारबाहीको माग गर्दै आन्दोलनसमेत गरेका थिए।

प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूबारे पनि अनुसन्धान जारी छ।

यसैबीच, वडाध्यक्ष संजय पटेल र आन्दोलनरत कर्मचारीबीचको विवाद समाधानका लागि आज जिल्ला प्रशासन कार्यालय वीरगञ्जमा छलफल हुने तयारी रहेको स्रोतले जनाएको छ। बैठकमार्फत समस्या समाधान गर्ने प्रयास हुने अपेक्षा गरिएको छ।

सम्बन्धित पोस्टहरुः