अण्डाको फार्म मूल्य घट्यो, उपभोक्ता मूल्य यथावत्

1200x150_1200x150-01.jpg (1)

वीरगंज , साउन ५ –

नेपाल लेयर्स कुखुरापालक संघले साउन ६ गतेदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरेको छ। चितवनमा बसेको संघको बैठकले फार्म मूल्य प्रतिक्रेट ६० रुपैयाँसम्म घटाउने निर्णय गरेको हो।

नयाँ दरअनुसार सबैभन्दा ठूलो अण्डाको फार्म मूल्य प्रतिक्रेट ५१५ रुपैयाँ, ठूलो अण्डाको ५०० रुपैयाँ र मिडियम अण्डाको ४७० रुपैयाँ कायम गरिएको छ। सानो अण्डाको मूल्य पनि प्रतिपेटी ३ सय रुपैयाँ घटाएर २ हजार ९ सय रुपैयाँ तोकिएको छ।

यद्यपि, फार्म मूल्य घटे पनि उपभोक्ताले तिर्नुपर्ने खुद्रा मूल्यमा कुनै परिवर्तन गरिएको छैन। उपभोक्ताले अण्डा प्रतिगोटा २५ रुपैयाँमै खरिद गर्नुपर्ने अवस्था यथावत् रहेको संघले जनाएको छ।

सम्बन्धित पोस्टहरुः