वीरगंज, ५ साउन ।
पचरौतामा सर्पदंशबाट एकजना महिला सिकिस्त भएकी छन् ।
मंगलवार बिहान ११ः१५ बजे बारा जिल्लाको पचरौता न.पा वडा न. ८ लंगडाचौक बस्ने हेमचन्द्र साहकी पत्नी वर्ष ३५ की मुनि कुमारी साहलाई सर्पले टोकेको थियो ।
घरमा काम गरिरहेको अवस्थामा सर्पले उनलाई टोकेपछि वीरगंजको नारायणी अस्पताल लगिएको थियो ।
अस्थायी प्रहरी पोस्ट लंगडाचौक बाराका प्र.स.नि .थिर बहादुर बस्नेतको कमाण्डमा रहेका टोलीले महिलाको उद्धार गरी अस्पताल पु¥याएको र अवस्था मध्यम रहेको बारा प्रहरीले जनाएको छ ।






