कीर्तिपुरमा कारभित्र जलेका वृद्धले आत्मदाह गरेको प्रारम्भिक निष्कर्ष

1200x150_1200x150-01.jpg (1)

वीरगंज , साउन ६ –

कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा मृत फेला परेका ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–२६ नरदेवी निवासी श्रेष्ठ मंगलबार बिहान आफ्नै कार लिएर कीर्तिपुर–१ ट्याङ्लाफाँटस्थित चाँदनी चोक पुगेका थिए। खाली जग्गामा कार पार्क गरेलगत्तै कारभित्रबाट आगो लागेको सिसिटिभी फुटेज तथा घटनास्थलको अनुसन्धानका आधारमा उनले आफैंले आगो लगाएको प्रारम्भिक निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हालसम्मको अनुसन्धानमा घटनामा अन्य कुनै व्यक्तिको संलग्नता देखिएको छैन। आगो निभाएपछि चालक सिटमै श्रेष्ठको शव फेला परेको थियो।

प्रारम्भिक अनुसन्धानअनुसार औषधि व्यवसायी रहेका श्रेष्ठ पछिल्लो समय आर्थिक समस्याका कारण मानसिक तनावमा रहेका थिए। घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।

शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको छ।

सम्बन्धित पोस्टहरुः