मधेशमा पार्टी बलियो नभए देश संकटमा पर्छ : प्रचण्ड

1200x150_1200x150-01.jpg (1)

वीरगंज , साउन ६ –

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेशमा पार्टीलाई बलियो बनाउन नसकिए देश र समग्र कम्युनिस्ट आन्दोलनले गम्भीर राजनीतिक संकट सामना गर्नुपर्ने बताएका छन्।

जनकपुरधाममा आयोजित नेकपाको मधेश प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण तथा एकता भेला कार्यक्रममा सम्बोधन गर्दै उनले मधेशलाई पार्टी निर्माणको केन्द्रबिन्दुका रूपमा अघि बढाइएको बताए। जनसंख्या, विकास र राजनीतिक दृष्टिले मधेशको विशेष महत्व रहेको उल्लेख गर्दै उनले यहाँ संगठन सुदृढ बनाउन सकिए पार्टी र मधेश आन्दोलन दुवै थप मजबुत हुने बताए।

“मधेशमा पार्टी राम्रो बनाउन सकियो भने पार्टी, मधेश र समग्र मधेश आन्दोलनका लागि बलियो शक्ति निर्माण हुन्छ। तर त्यसो गर्न नसकिए देश र कम्युनिस्ट आन्दोलनले ठूलो दुर्घटना व्यहोर्नुपर्ने खतरा छ,” प्रचण्डले भने।

उनले वर्तमान अवस्थामा नेकपाले मधेशमा संगठन विस्तार, जनसम्पर्क वृद्धि र कार्यकर्तालाई सक्रिय बनाउने अभियानलाई उच्च प्राथमिकताका साथ अघि बढाइरहेको जानकारी दिए।

कार्यक्रममा प्रचण्डले नवनिर्वाचित मधेश प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराउँदै नेताकार्यकर्ताबाट प्राप्त सुझावलाई समेटेर पार्टीलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।

सम्बन्धित पोस्टहरुः