वीरगंज, ०६ साउन । पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगंज महानगरपालिका वडा नं. १५ मा जनतासँग प्रत्यक्ष भेटघाट तथा स्थानीय समस्या सम्बन्धी छलफल गरेका छन् ।
छलफलमा स्थानीय बासिन्दाका समस्या, सुझाव र अपेक्षावारे प्रत्यक्ष जानकारी लिन आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका जिल्ला सभापति तथा सांसद पन्तले नागरिकका गुनासा सुन्नुका साथै समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन। स्थानीय विकास, सडक तथा पूर्वाधार, खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य लगायतका विषयमा खुला छलफल भएको थियो।
स्थानीयवासीहरूले आफ्नो वडामा रहेका विभिन्न समस्यावारे सांसद पन्तको ध्यानाकर्षण गराएका थिए। उनीहरूले विकास निर्माणका कामलाई प्रभावकारी बनाउन तथा आधारभूत सेवामा सुधार गर्न माग समेत गरेका छन।सांसद पन्तको उपस्थितिले स्थानीय नागरिकमा उत्साह थपिएको सहभागीहरूको भनाइ रहेको छ। जनतासँग प्रत्यक्ष संवाद मार्पmत समस्याको पहिचान गरी समाधानको बाटो खोज्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।







