वीरगंज, साउन ७
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नम्बर–३ का क्षेत्रीय सभापति प्रदीप जैसवालले किसानले भोगिरहेको रासायनिक मल अभावको समस्या समाधानका लागि कृषि सामग्री कम्पनी लिमिटेड, वीरगंजका प्रमुखसँग छलफल गरेका छन्।
छलफलमा किसानलाई समयमै पर्याप्त मात्रामा युरिया, डीएपी र पोटास मल उपलब्ध गराउने, वितरण प्रक्रियालाई पारदर्शी र सहज बनाउने तथा खेतीपातीको मुख्य समयमा मल अभाव हुन नदिने विषयमा विशेष जोड दिइएको थियो।
सभापति जैसवालले किसानको समस्या समाधानका लागि सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गर्दै समयमै मल उपलब्ध गराउन आग्रह गरेका छन्। उनले कृषि क्षेत्रको विकास र किसानको हितका लागि आवश्यक पहल तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
कृषि सामग्री कम्पनी लिमिटेडले भने राष्ट्रिय आवश्यकता अनुसार रासायनिक मल खरिद तथा वितरणको जिम्मेवारी निर्वाह गर्दै आएको जनाएको छ।






