जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी आकाश तिवारी पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगञ्ज, ७ साउन ।

जिल्ला प्रहरी कार्यालय पर्साले जबरजस्ती करणी सम्बन्धी कसूर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. ६ स्थित सडकखण्डबाट उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा पर्साको साविक बगही (हाल वीरगञ्ज महानगरपालिका वडा नं. २४ रामगढवा टोल) घर भएका २२ वर्षीय आकाश तिवारी रहेका छन्।

प्रहरीका अनुसार, तिवारीले पीडित (नामथर वतन परिवर्तित ३४ जिल्ला २०८२/०८३, विर्ता-१) लाई विवाह गर्ने प्रलोभन देखाएर ललाई फकाई आफ्नै घरमा राख, पटकपटक कुटपिट तथा गालीगलौज गरी शारीरिक र मानसिक यातना दिँदै आएका थिए। साथै, गत २०८२ साल साउन २३ गते राति करिब ११:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. २३ रामगढवास्थित घरमा लगी जबरजस्ती करणी गरी फरार रहेको प्रहरीले जनाएको छ।

साउन ७ गते अपराह्न ४:०० बजेको समयमा नियन्त्रणमा लिइएका तिवारीलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखී हाल जबरजस्ती करणी सम्बन्धी कसूर शीर्षकमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित पोस्टहरुः