वीरगंज, ७ साउन ।
वीरगंजको श्रीसिया नदी प्रदूषणमुक्त गर्ने बिषयलाई टुङ्गोमा पुर्याउन आज वीरगंज उद्योग वाणिज्य संघको सभाहलमा छलफल भएको छ ।
प्रतिनिधि सभाको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समिति एवं वीरगंज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा बारा र पर्साका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख लगायत सिर्सिया नदी छेउछाउमा रहेका उद्योगीहरूको सहभागीतामा अन्तरक्रिया सम्पन्न भएको छ ।
छलफलमा पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले भने, अन्तक्र्रियामा उठाइएका बिषय निष्कर्षमा पुर्याउनु पर्छ भन्ने हाम्रो मान्यता हो । दण्ड जरिवानाको पाटो एकातिर छ भने सौहार्दपुर्ण छलफल र सचेतनाको पाटो पनि अर्काेतिर हुन्छ । उनले परिणाममूलक अन्तरकृया भएको केही समय भित्रै परिणाम पनि देखिने आशा गरेका छन् ।






