जथाभावी पार्किङ व्यवस्थापन गर्न ४५ जनाको संयुक्त टोली परिचालन

1200x150_1200x150-01.jpg (1)

बारा, साउन ८ – जिल्ला प्रहरी कार्यालय बारा र कलैया उपमहानगरपालिकाको संयुक्त टोलीले कलैयाको मुख्य चोकमा अव्यवस्थित रूपमा राखिएका सवारी साधनहरूको पार्किङ व्यवस्थापन सुरु गरेको छ।

साउन ८ गते बिहान ७:४५ बजेको समयमा कलैया उपमहानगरपालिका वडा नं. ५ स्थित भरत चोक (मुख्य चोक) मा चारै दिशा (पूर्व, पश्चिम, दक्षिण र उत्तर) जाने बाटोमा जथाभावी तथा अव्यवस्थित रूपमा राखिएका अटो, ई-रिक्सा र माइक्रोबसहरूलाई तोकिएको स्थानमा मात्र पार्किङ गर्नका लागि सम्झाइ-बुझाइ गर्ने उद्देश्यले उक्त अभियान थालिएको हो। जिल्ला प्रहरी कार्यालय बाराबाट करिब ८०० मिटर पूर्वतर्फ पर्ने उक्त चोकमा सवारी आवागमन सहज बनाउन यो कार्यक्रम सुरु गरिएको हो।

पार्किङ व्यवस्थापन तथा जनचेतनामूलक कार्यक्रमका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, बाराबाट प्रहरी निरीक्षक हरि भट्टराईको कमाण्डमा ८ जना, जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी सहायक निरीक्षक हरिन्द्र कुमार ठाकुरको कमाण्डमा १० जना र कलैया उपमहानगरपालिकाका २७ जना नगर प्रहरीसहित जम्मा ४५ जना सुरक्षाकर्मी तथा कर्मचारीको टोली परिचालन गरिएको थियो।

सम्बन्धित पोस्टहरुः