पर्सा, साउन ९ –
प्रतिनिधिसभा सदस्य सुशील साह कानुले पर्सागढी नगरपालिका–५ जिगनामा स्थानीयवासीसँग भेटघाट तथा अन्तरक्रिया गर्दै विकास निर्माण र जनजीविकासँग सम्बन्धित विषयमा छलफल गरेका छन्।
कार्यक्रममा रास्वपा मधेश प्रदेशका यातायात विभाग प्रमुख राम आर्य, क्षेत्र नं. २ का सचिव किशन प्रसाद, वीरगंज नगर सभापति दीपराज पटेललगायत स्थानीयवासीको उपस्थिति रहेको थियो।
छलफलमा किसानहरूले समयमै रासायनिक मल उपलब्ध गराउन, सडक–नाला निर्माण, स्वास्थ्य सेवा विस्तार, शिक्षा सुधार तथा आधारभूत पूर्वाधार विकासका माग राखेका थिए।
सांसद साहले स्थानीयका माग सम्बोधन गर्न सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै जनसहभागितामूलक विकासलाई प्राथमिकतामा राखिने बताए।






