पर्सा, साउन १०
पर्सा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत पर्ने ऐतिहासिक तथा धार्मिक दुधेश्वरनाथ महादेव भाथा मेला सञ्चालन तथा व्यवस्थापनबारे प्रतिनिधिसभा सदस्य रामाकान्त प्रसाद चौरसियासँग मेला समितिले छलफल गरेको छ।
छलफलमा मेलालाई व्यवस्थित, सुरक्षित र भव्य रूपमा सञ्चालन गर्ने, धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण गर्ने, आवश्यक पूर्वाधार, सुरक्षा व्यवस्था, सरसफाइ तथा आगन्तुकलाई सहज सेवा उपलब्ध गराउने विषयमा विस्तृत छलफल भएको थियो।
कार्यक्रममा मेला समितिका पदाधिकारी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले दुधेश्वरनाथ महादेव भाथा मेलालाई धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय आर्थिक गतिविधि विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा विकास गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
सांसद चौरसियाले मेलाको व्यवस्थित सञ्चालन र आवश्यक पूर्वाधार विकासका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।






