अनियन्त्रित भई ईभी कार दुर्घटना

1200x150_1200x150-01.jpg (1)

बारा, १० साउन: जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७, टेडा रोडस्थित भित्री सडक खण्डमा अनियन्त्रित भई ईभी (EV) कार दुर्घटना भएको छ।

मिति २०८३ साल साउन १० गते दिउँसो करिब २:३० बजेको समयमा टेडाबाट जितपुरतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-०३१ च ३८८० नम्बरको विद्युतीय कार आफैँ अनियन्त्रित भई सडक किनारमा रहेको रोहित एण्ड प्रियंका किराना पसल अगाडि राखिएको चामलको बोरामा ठोक्किएको थियो।

दुर्घटनाका कारण किराना पसल बाहिर राखिएका १२ बोरा चामल र नजिकैको प्रभात ज्वेलर्सको काउन्टरमा क्षति पुगेको छ। दुर्घटनाबाट कारको अगाडिको भाग पूर्ण रूपमा क्षति भएको छ। सौभाग्यवश, यस दुर्घटनामा कुनै पनि मानवीय क्षति भने भएको छैन।

घटना लगत्तै इलाका प्रहरी कार्यालय जितपुर, बाराबाटप्रहरी सहायक निरीक्षक (प्र.स.नि.) तेज नारायण बैठाको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगी मुचुल्का उठाएको थियो।

अनुसन्धानको क्रममा कार चालक जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ बस्ने अन्दाजी ५० वर्षका अशोक कुमार अधिकारी आफैँ इलाका प्रहरी कार्यालय सिमरा, बारामा सम्पर्कमा आएका छन्। हाल दुर्घटनाग्रस्त कार इलाका प्रहरी कार्यालय जितपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः