पर्सा , साउन ९
पर्साको छिपहरमाई गाउँपालिका–१, मिर्जापुर बगैंचा क्षेत्रमा बेवारिसे अवस्थामा करिब १४० केजी गाँजा बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शुक्रबार राति करिब ९ः३० बजे इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक, प्रहरी चौकी मिर्जापुरका प्रहरी सहायक निरीक्षक (असई) रामविनय झा तथा सशस्त्र प्रहरी बलको बीओपी मिर्जापुरबाट खटिएको संयुक्त टोलीले विशेष अपरेशनका क्रममा १३ पोकामा रहेको करिब १४० केजी गाँजा फेला पारेको हो।
बरामद गरिएको गाँजा कसले ल्याएको वा कसको स्वामित्वमा रहेको भन्ने खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







