चिकित्सकको आन्दोलनले देशभर अस्पतालका नियमित सेवा ठप्प

1200x150_1200x150-01.jpg (1)

पर्सा , साउन १२

वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले मंगलबार देशभर आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ।

संघले साउन ९ गते नारायणी अस्पतालमा भएको चिकित्सक तथा स्वास्थ्यकर्मीमाथिको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेको छ।

आन्दोलनका कारण देशभरका सरकारी तथा निजी अस्पतालमा ओपीडी, शल्यक्रिया र अन्य नियमित स्वास्थ्य सेवा प्रभावित भएका छन्। आकस्मिक सेवा भने सञ्चालनमा रहेको चिकित्सक संघले जनाएको छ।

नियमित सेवा बन्द हुँदा उपचारका लागि अस्पताल पुगेका बिरामी र सेवाग्राही थप समस्यामा परेका छन्। नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीको कार्यस्थल सुरक्षा सुनिश्चित नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने जनाएको छ।

सम्बन्धित पोस्टहरुः