भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो दिएको पुष्टि

1200x150_1200x150-01.jpg (1)

पर्सा , साउन १२ –

भारतले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई औपचारिक भ्रमणको निम्तो दिइसकेको जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्।

प्रवक्ता जैसवालले प्रधानमन्त्री शाहको भ्रमणका लागि निमन्त्रणा पठाइसकिएको पुष्टि गरे पनि भ्रमणको मिति वा समयबारे भने कुनै जानकारी दिएनन्।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनको हालैको भारत भ्रमण र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँगको भेटबारे प्रश्न उठाइएको थियो। त्यसबारे भने प्रवक्ता जैसवालले आफूलाई जानकारी नरहेको प्रतिक्रिया दिएका छन्।

सम्बन्धित पोस्टहरुः