नारायणी अस्पताल प्रकरणमा वडाध्यक्ष चतुर्वेदी पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज, १२ साउन । वीरगंज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ।

नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र तोडफोड घटनामा संलग्नताको विषयमा अनुसन्धानका लागि वडाध्यक्षलाई बोलाइएको पर्सा प्रहरीका प्रवक्ता चक्रबहादुरका अनुसार चतुर्वेदीले बताए ।

गत शनिवार वीरगंज महानगरपालिका–२५ निवासी राजकुमार पटेलको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। उपचारमा लापरबाही भएको आरोप लगाउँँदै आक्रोशित आफन्त र स्थानीयले सोही दिन अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरेका थिए। त्यस क्रममा ड्युटीमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि समेत कुटपिट भएको थियो।

चतुर्वेदीलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनका आफन्त तथा स्थानीयले विरोध प्रदर्शन गरेका छन। उनीहरूले वडाध्यक्षलाई बिना शर्त रिहा गर्न माग गरे ।
चिकित्सकमाथि भएको कुटपिटको विरोधमा शुरू भएको आन्दोलनका कारण वीरगंजका सरकारी तथा निजी अस्पतालमा तीन दिनदेखि आकस्मिकसहित अधिकांश उपचार सेवा प्रभावित बनेको छ। नारायणी अस्पतालका ७१ जना चिकित्सकमध्ये ६८ जनाले मंगलवार सामूहिक राजीनामा दिदै दोषीमाथि कारबाही, स्वास्थ्यकर्मीको सुरक्षा तथा सुरक्षित कार्य वातावरणको माग गर्दै आन्दोलन जारी राखेका छन् ।

सम्बन्धित पोस्टहरुः