पर्साका एसपी सुदीपराज पाठक फिर्ता, पवन भट्टराई नयाँ प्रहरी प्रमुख

1200x150_1200x150-01.jpg (1)

पर्सा, साउन १३ —

पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकलाई फिर्ता बोलाइएको छ। नेपाल प्रहरीले उहाँको स्थानमा प्रहरी उपरीक्षक पवन भट्टराईलाई पर्सा प्रहरी प्रमुखको जिम्मेवारी दिएको छ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको निर्णयअनुसार भट्टराईले अब जिल्ला प्रहरी कार्यालय पर्साको नेतृत्व सम्हाल्नेछन्। एसपी पाठकलाई भने प्रधान कार्यालयमा फिर्ता बोलाइएको जनाइएको छ।

हालै पर्साको नारायणी अस्पतालमा भएको तोडफोड, चिकित्सकमाथिको आक्रमण तथा त्यसपछिका घटनाक्रमबीच प्रहरी नेतृत्व परिवर्तन भएको हो। प्रहरीले सरुवाको कारणबारे औपचारिक रूपमा केही खुलाएको छैन।

सम्बन्धित पोस्टहरुः