वीरगंज – नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले अहिलेको सरकारले बहुमतको दम्भका कारण अहंकार र अराजकता मच्चाउन थालेको बताएका छन । उनले अहिले एकातिर बोर्डरमा बसेका स्थानीयले दैनिक भोग्दै आएको समस्या र गाउँगाउँमा किसानले मलको समस्या भोग्दै गर्दा पनि सरकार दम्भमा रहेको बताए ।
जगरनाथपुर गाउँपालिकाद्वारा आयोजित बृहत् वृक्षरोपण कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहेका उनले सरकारले अराजकता र आफ्नो दम्भ नरोके देश दुर्घटनामा जाने बताए ।
रास्वपा विनाएजेन्डा, विनाकार्यक्रम सरकारमा बसेकाले यो सरकारबाट अब सचेत हुन आवश्यक रहेको उनको भनाइ छ । घन्टीको सरकारका कारण अब आउने दिन झन् कठिन भएकाले सबै नेपालीलाई सचेत भएर अगाडि बढ्न उनले आग्रह गरे ।







