पाकिस्तानमा प्रहरी चौकीमा भीषण हमला, डीएसपीसहित ९ प्रहरीको मृत्यु

1200x150_1200x150-01.jpg (1)

पर्सा , साउन १४

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित हांगुको खजिना चेक पोस्टमा भएको सशस्त्र आक्रमण र त्यसपछिको प्रतिआक्रमणमा एक जना डीएसपीसहित नौ प्रहरीको मृत्यु भएको छ।

बीबीसी उर्दूका अनुसार खैबर पख्तुनख्वा प्रहरीले बुधबार जारी गरेको विज्ञप्तिमा डीएसपी दियार खानसहित नौ प्रहरी मारिएको तथा डीएसपी मुजाहिद हुसेनसहित २८ जना प्रहरी घाइते भएको जनाएको छ।

प्रहरीका अनुसार भारी हतियारसहित आएका आक्रमणकारीहरूले खजिना बन्दा चेक पोस्टमा आक्रमण गरेका थिए। त्यसपछि सुरक्षा बलले गरेको जवाफी कारबाहीमा १५ जना आक्रमणकारी मारिएको दाबी गरिएको छ।

यसैबीच, पाकिस्तानी सेनाको अन्तर–सेवा जनसम्पर्क निर्देशनालय (आईएसपीआर) ले विगत २४ घण्टामा खैबर पख्तुनख्वा र बलुचिस्तानमा सञ्चालन गरिएका छुट्टाछुट्टै सुरक्षा कारबाहीमा ३२ जना अतिवादी मारिएको दाबी गरेको छ। आईएसपीआरका अनुसार ती कारबाही अतिवादी समूह र उनीहरूका समर्थकविरुद्ध केन्द्रित थिए।

भर्खरै

सम्बन्धित पोस्टहरुः