जनकपुरधाम, साउन १४ —
सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा भएको गोलीकाण्डको विरोधमा धनुषाको जनकपुरधाममा बिहीबार बिहानदेखि प्रदर्शन भइरहेको छ।
प्रदर्शनकारीहरूले रामानन्द चोक, पीडारी चोकलगायतका मुख्य स्थानमा टायर बालेर विरोध जनाएका छन् भने बजारसमेत बन्द गराएका छन्।
जनकपुर तथा आसपासका क्षेत्रबाट आएका प्रदर्शनकारीहरू बजार क्षेत्रमा प्रवेश गर्ने क्रममा प्रहरीसँग झडप भएको जनाइएको छ। स्थिति नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा पारिएको छ।







