सिरहा, साउन १४ —
सिरहाको गोलबजारमा कर्फ्यु आदेशका बीच दुई पक्षबीच भएको झडपका क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ।
सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार मृत्यु हुने व्यक्ति गणेश यादव हुन्।
गोलबजार क्षेत्रमा झडपपछि अवस्था तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको प्रशासनले जनाएको छ। सुरक्षा व्यवस्था कडा पारिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।






