अनुभवी नेता र विज्ञसँग संवाद गर्न प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव

1200x150_1200x150-01.jpg (1)

पर्सा , साउन १५ —

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई अनुभवी नेता, बुद्धिजीवी र विज्ञहरूको ज्ञान तथा अनुभवलाई आत्मसात् गर्न आग्रह गरेका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सम्बोधन गर्दै प्रचण्डले मुलुकका जटिल समस्या समाधानका लागि अनुभवी व्यक्तिहरूसँग संवाद र सहकार्य अपरिहार्य रहेको बताए। उनले सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा विगतका अनुभवहरू सरकारका लागि मार्गदर्शक बन्न सक्ने उल्लेख गरे।

प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति टिप्पणी गर्दै उनले ‘म आफैँ पर्याप्त छु’ भन्ने सोच र अहङ्कारले काम गरेको भए त्यो देशका लागि दुर्भाग्यपूर्ण हुने बताए।

प्रचण्डले नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका दलसँग भएका राजनीतिक सङ्घर्षका अनुभव वर्तमान सरकारका लागि पनि उपयोगी हुन सक्ने उल्लेख गर्दै प्रतिपक्षलाई बेवास्ता गर्ने, अपमान गर्ने र संवादबाट टाढा रहने प्रवृत्तिले अन्ततः सरकार, देश र नागरिक सबैलाई सङ्कटमा पार्ने चेतावनी दिए।

उनले सबै वर्ग, क्षेत्र र समुदायलाई समेटेर सहकार्यको वातावरण सिर्जना गर्दै सरकार अघि बढ्नुपर्ने सुझावसमेत दिएका छन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः