प्रहरी हवल्दार गोली लागेर घाइते

1200x150_1200x150-01.jpg (1)

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी हवल्दार नारद परियार गोली लागेर घाइते भएका छन्।

प्रारम्भिक जानकारीअनुसार उनको दाहिने तिघ्रामा गोली लागेको छ। घटनापछि उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ।

प्रहरीमाथि गोली कसले चलायो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः