देवानगञ्ज घटनामा सरकार–मृतक परिवारबीच सहमति

1200x150_1200x150-01.jpg (1)

सुनसरी , साउन १५ —

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच ६ बुँदे सहमति भएको छ।

सम्झौताअनुसार नेपाल सरकारले मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

यस्तै, साउन १० गते भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया तत्काल अघि बढाइने सहमति भएको छ।सहमतिमा देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियत र त्यससँग सम्बन्धित विषयमा आवश्यक छानबिन सुरु गर्ने उल्लेख छ।

साथै, प्रत्येक मृतकका परिवारबाट एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने सहमति पनि गरिएको छ।

घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरू कानुनबमोजिम कार्यान्वयन गर्ने तथा मृतकहरूको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँग समन्वय गरी स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ।

आज शुक्रबार मृतकका परिवारले शव बुझी दाहसंस्कार गर्ने छन ।

सम्झौतापत्रमा मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताका अभिभावक तथा गृहमन्त्री सुधन गुरुङ ले हस्ताक्षर गरेका छन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः