पर्सा, साउन १६ —
वीरगंजमा सार्वजनिक सडकमा टायर बालेर विरोध प्रदर्शन गरेको आरोपमा चार जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–११ रानीघाटका हिन्दु संस्थाका अध्यक्ष ४७ वर्षीय विकाश कुमार साह, वीरगंज, २५ श्रीसियाका २५ वर्षीय पप्पु वर्णवाल, ३१ वर्षीय विजय साह, र ३८ वर्षीय प्रदीप कुमार साह रहेका छन।
पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार उनीहरूलाई हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी घटनावारे थप अनुसन्धान भइरहेको छ।
डीएसपी मल्लले सामाजिक सञ्जालमा फैलिने भ्रामक तथा अपुष्ट सूचनाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेका छन।
वीरगंज अहिले बजार सामान्य अवस्थामा छ ।







