ग्यासको सहज आपूर्ति गर्न आयल निगमको उद्योगीलाई आग्रह

1200x150_1200x150-01.jpg (1)

पर्सा , साउन १६ —

नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव भएको गुनासो बढेपछि ग्यास उद्योगीलाई सहज आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरेको छ।

शनिबार जारी विज्ञप्तिमा निगमले १४.२ केजीको ग्यास सिलिन्डरको बिक्री सुरु भएपछि बजारमा अभावको गुनासो आएको भन्दै उद्योगीलाई नियमित आपूर्ति गर्न अनुरोध गरेको हो।

निगमले विक्रेतालाई घरायसी उपभोक्तालाई प्राथमिकता दिई खरिदकर्ताको विवरण राखेर व्यवस्थित रूपमा ग्यास बिक्री गर्न निर्देशन दिएको छ। साथै, ग्यास नपाए कार्यालय समयभित्र हटलाइन ०१–५९७१९०२ मा सम्पर्क गर्न उपभोक्तालाई आग्रह गरेको छ।

निगमले एलपी ग्यासको आयात र वितरण नियमित रहेकाले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक भण्डारण नगर्न पनि उपभोक्तासँग अनुरोध गरेको छ।

सम्बन्धित पोस्टहरुः