जनकपुरधाम/राजविराज, साउन १६ —
मधेशका विभिन्न जिल्लामा सुरक्षा अवस्था सुधार हुँदै गएपछि स्थानीय प्रशासनले कर्फ्युमा आंशिक सहजीकरण गरेको छ।
धनुषाको जनकपुरधाममा शनिबार बिहान १० बजेदेखि कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरिएको छ। यस्तै, सप्तरी प्रशासनले अत्यावश्यक सामग्री खरिदका लागि बिहान ७ देखि ९ बजेसम्म कर्फ्यु खुकुलो पारेको छ। तोकिएको समयपछि कर्फ्यु पूर्ण रूपमा लागू हुने प्रशासनले जनाएको छ।
सुनसरी घटनापछि धनुषा र सप्तरीमा कर्फ्यु जारी गरिएको थियो। प्रशासनले नागरिकलाई निषेधाज्ञा तथा कर्फ्युको पूर्ण पालना गर्न, पाँच जनाभन्दा बढी भेला नहुन र शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।







