पर्साको भाठा धाममा भक्तजनको घुइँचो

1200x150_1200x150-01.jpg (1)

पर्सा, साउन १६ —

पर्साको प्रसिद्ध दुधेश्वरनाथ महादेव भाठा धाममा जारी साउने महाकुम्भ मेलामा शनिबार भक्तजनको उल्लेख्य भीड लागेको छ। नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका श्रद्धालुले भगवान् दुधेश्वरनाथ महादेवको दर्शन–पूजा गर्दै मेलालाई भक्तिमय बनाएका छन्।

साउन १४ गतेदेखि सुरु भएको एकमहिने महाकुम्भ मेलामा शनिबार मन्दिर परिसर दिनभर श्रद्धालुले भरिभराउ बनेको थियो। दर्शन, पूजा–अर्चना र धार्मिक अनुष्ठानमा सहभागी हुन आउने भक्तजनका कारण धाममा विशेष रौनक देखिएको छ।

धार्मिक आस्थासँगै भाठा धामको प्राकृतिक सौन्दर्यले पनि श्रद्धालुलाई आकर्षित गरिरहेको छ। मेला व्यवस्थापन पक्षले सुरक्षा, खानेपानी, सरसफाइ तथा अन्य आवश्यक व्यवस्थापन पूरा गरिएको जनाएको छ।

आयोजकका अनुसार साउने सोमबारका अवसरमा अझ ठूलो संख्यामा भक्तजन आउने अपेक्षा गरिएको छ। त्यसलाई मध्यनजर गर्दै आवश्यक तयारीसमेत पूरा गरिएको जनाइएको छ।

सम्बन्धित पोस्टहरुः