गृहमन्त्री र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता सम्पन्न

1200x150_1200x150-01.jpg (1)

वीरगंज । गृहमन्त्री सुदन गुरूङ र धनुषाका विभिन्न हिन्दूवादी संघ–संस्थाका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ।

शनिवार जनकपुरधाममा भएको वार्तामा गृहमन्त्री गुरूङसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झा, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल तथा सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागीता रहेको थियो।

वार्ताको पहिलो चरणमा हिन्दूवादी संगठनका प्रतिनिधिहरूले आफ्ना विभिन्न माग गृहमन्त्रीसमक्ष प्रस्तुत गरेका छन। उनीहरूले हिन्दू राष्ट्र कायम गर्नुपर्ने, आन्दोलनका क्रममा घाइते भएकालाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, ढुंगामुढा तथा हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्नुपर्ने तथा लाउडस्पिकर प्रयोगमा प्रतिबन्ध लगाउँनुपर्ने लगायतका माग अघि सारेका छन।

वार्तापछि गृहमन्त्री गुरूङले धनुषामा देखिएको समस्या समाधान नभएसम्म आफू जनकपुरधाम नछोड्ने बताएका छन। उनले दुवै पक्षबीच थप सहमति खोज्न करिब एक घण्टापछि दोस्रो चरणको वार्ता पुनः बस्ने जानकारी दिएका छन।

सरकार र हिन्दूवादी संगठनबीच माग तथा सम्भावित समाधानका विषयमा विस्तृत छलफल गर्न शनिवार नै दोस्रो चरणको वार्ता हुने जनाइएको छ। वार्ताबाट मधेशमा देखिएको तनाव कम गर्दै शान्ति र सामाजिक सद्भाव कायम गर्ने अपेक्षा गरिएको छ।

यसैगरी सिरहाको गोलबजार घटनाका पीडित परिवार र सरकारबीच ८ बुँदे सहमति भई मृतकको अन्त्येष्टि प्रक्रिया अघि बढेपछि पर्सा र वीरगंज क्षेत्रमा विगत केही दिनदेखि आन्दोलनरत हिन्दू समाज र हिन्दूवादी संघ–संस्थाहरूले आफ्ना सबै विरोधका कार्यक्रमहरू तत्कालका लागि स्थगित गरेका छन।
आन्दोलनरत हिन्दूवादी संघ–संस्थाहरूले दिएको जानकारी अनुसार पीडित परिवारले न्याय पाएकोले आजैका मितिदेखि लागू हुने गरी पर्सामा सञ्चालित विरोधका सम्पूर्ण कार्यक्रमहरू पूर्ण रूपमा बन्द गरिएको हो।

सम्बन्धित पोस्टहरुः