मोरङमा एक टनभन्दा बढी गाँजासहित ट्रक चालक पक्राउ

1200x150_1200x150-01.jpg (1)

मोरङ, साउन १७ —

मोरङ प्रहरीले एक हजार ३३ किलो ४ सय ८४ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेमा धनकुटाको पाख्रीबास नगरपालिका–९ हिलेका २८ वर्षीय उमेश तामाङ रहेका छन्।

उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको को १ ख ४३७३ नम्बरको मिनिट्रक इलाका प्रहरी कार्यालय सिजुवासहितको प्रहरी टोलीले रतुवामाई नगरपालिका–१० सोमबारेमा जाँच गर्ने क्रममा ट्रकभित्र लुकाइएका ३१ वटा पोकामा रहेको एक हजार ३३ किलो ४ सय ८४ ग्राम गाँजा बरामद गरिएको हो।

प्रहरीले गाँजासहित ट्रक चालक तामाङलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित पोस्टहरुः