सिक्री लुटेर भाग्दै गरेका युवक प्रहरीको गोली लागेर पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज , साउन १७ —

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलमा सिक्री लुटेर भाग्दै गरेका एक युवकलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार राति करिब १०:२५ बजे सिक्री लुटपाट गरी फरार भइरहेका कर्मा तामाङलाई पक्राउ गर्ने क्रममा प्रहरीले तीन राउन्ड गोली चलाएको थियो।

प्रहरीका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार सुरुमा हवाई फायर गरेर नियन्त्रणमा लिन खोजिएको भए पनि तामाङले प्रहरीमाथि नै खुकुरी प्रहार गर्ने प्रयास गरेपछि आत्मरक्षाका लागि उनको घुँडामुनि गोली प्रहार गरिएको हो।

घाइते तामाङको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। प्रहरीले उनको साथबाट घटनामा प्रयोग गरिएको खुकुरीसमेत बरामद गरेको जनाएको छ।

सम्बन्धित पोस्टहरुः