सुनसरीका चार गाउँपालिकामा साँझ ७ बजेसम्म निषेधाज्ञा

1200x150_1200x150-01.jpg (1)

सुनसरी, साउन १७ —

जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका चार गाउँपालिकामा आज साँझ ७ बजेसम्म निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी आदेशअनुसार बिहान ९ः३० बजेदेखि साँझ ७ बजेसम्म देवानगञ्ज, हरिनगर, कोशी र भोक्राहा नरसिंह गाउँपालिकाभर निषेधाज्ञा लागू गरिएको हो।

प्रशासनले यसअघि १० स्थानीय तहमा लागू गरिएको निषेधाज्ञा क्रमशः घटाउँदै आएको जनाएको छ। आजको अवस्था पूर्ण रूपमा सामान्य रहे भोलिदेखि निषेधाज्ञा समेत हटाउने तयारी रहेको प्रशासनले जनाएको छ।

देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई पक्षबीच भएको झडप हिंसात्मक बन्दा दुई जनाको मृत्यु भएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको थियो। त्यसपछि सरकार र पीडित परिवारबीच सहमति भई शव दाहसंस्कार सम्पन्न भएपछि जिल्लाको अवस्था क्रमशः सामान्य बन्दै गएको प्रशासनले जनाएको छ।

सम्बन्धित पोस्टहरुः