बालबालिका विरुद्धको कसुरमा राजपुत पक्राउ

1200x150_1200x150-01.jpg (1)

राधेश्याम पटेल, वीरगंज,१७ साउन /

वीरगंजमा बालबालिका विरुद्धको कसुर गरेको आरोपमा पर्सा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका– १३ निवासी २६ वर्षीय निखिलसिंह राजपुत रहेका छन् । एक प्रहरी अधिकारीका अनुसार बालिका केही समयदेखि आरोपितको घरमा काम गर्दै आएकी थिइन्। उक्त घटना यही साउन ९ गते साझ ६ बजेको हो ।

यस बारेमा पर्सा प्रहरीका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लसंग बुझ्दा बालबालिका विरुद्धको कसुरमा राजपुतलाई हिरासतमा राखेर आरोपितमाथि थप अनुसन्धान भइरहेको बताए।

सम्बन्धित पोस्टहरुः