उपकार सेवा नेपालको पहलमा ह्वीलचेयर सहयोग

1200x150_1200x150-01.jpg (1)

वीरगञ्ज, साउन १९ —

उपकार सेवा नेपालको पहल तथा क्विन ज्वेल्स प्रा.लि. को सहयोगमा बाराको कलैया उपमहानगरपालिका–२ निवासी पूर्ण अपाङ्गता भएका हिरालाल राउत कुर्मीलाई ह्वीलचेयर प्रदान गरिएको छ।

हिरालाल राउत कुर्मीलाई घरबाहिर आवतजावत गर्न तथा दैनिक हिलडुल गर्न अत्यन्त कठिनाइ भइरहेको जानकारी प्राप्त भएपछि उपकार सेवा नेपालले यातायातको व्यवस्था गरी उहाँलाई वीरगञ्ज ल्याई ह्वीलचेयर हस्तान्तरण गरेको हो। संस्थाले सहयोग हस्तान्तरणपछि उहाँलाई पुनः सुरक्षित रूपमा घरसम्म पुर्‍याएको जनाएको छ।

उपकार सेवा नेपालकी अध्यक्ष विद्या देवी सरावगीको नेतृत्वमा सम्पन्न कार्यक्रममा समाजसेवी अमर सर्राफ, ‘बारा अपडेट’ अनलाइनका पत्रकार प्रह्लाद चौरासियालगायत स्थानीयवासीको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले यस्ता मानवीय सहयोगले अपाङ्गता भएका व्यक्तिको दैनिकी सहज बनाउन महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरेका थिए। ह्वीलचेयर प्राप्त गरेपछि हिरालाल राउत कुर्मीको दैनिक जीवन थप सहज हुने विश्वास व्यक्त गरिएको छ।

उपकार सेवा नेपालले यसअघि पनि विभिन्न जिल्लामा असहाय, विपन्न तथा अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सहयोग उपलब्ध गराउँदै सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाएको छ।

सम्बन्धित पोस्टहरुः