बकैयाको बाढीले बाँध कटान, सुरक्षा टोली परिचालन

1200x150_1200x150-01.jpg (1)

निजगढ, बारा: मधेश प्रदेशको बारा जिल्लास्थित निजगढ नगरपालिका वडा नं. ८ मा रहेको बकैया खोलामा पानीको बहाव अत्यधिक बढेपछि त्यस क्षेत्रमा जोखिम उत्पन्न भएको छ।

साउन २० गते अपरान्ह १६:०० बजेदेखि भएको निरन्तर वर्षाका कारण खोलामा पानीको सतह पहिलेको तुलनामा करिब ९ फिटले बढेको छ। बाढीका कारण खोलाको पश्चिमीसतर्फको बाँधमा हल्का कटान सुरु भएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट पश्चिम करिब २ किलोमिटर दूरीमा रहेको प्रभावित क्षेत्रमा प्रहरी निरीक्षक (प्र.नि.) दाताराम अधिकारीको कमाण्डमा १० जनाको प्रहरी टोली घटनास्थलमा खटिई सुरक्षा तथा उद्धार कार्यमा जुटेको छ।

सम्बन्धित पोस्टहरुः