बारा , साउन २३ —
आन्तरिक राजस्व कार्यालय सिमराले गत आर्थिक वर्ष २०८२/८३ मा १७ करोड ८१ लाख ६७ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
कार्यालय प्रमुख दिनेश पाण्डेका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १५ करोड २२ लाख ७७ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन भएकोमा गत आर्थिक वर्षमा करिब १७ प्रतिशतले वृद्धि भएको हो।
कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा आयकरतर्फ १७ करोड ४२ लाख रुपैयाँभन्दा बढी, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ १५ करोड २८ लाख रुपैयाँभन्दा बढी र अन्तःशुल्कतर्फ ११ करोड ६६ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।
यस्तै, कार्यालयमा दर्ता भएका करदाताको संख्यासमेत बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा ८४ हजार ४ सय ८४ करदाता रहेकोमा गत आर्थिक वर्षमा बढेर ९३ हजार १ सय ९ जना पुगेका छन्।
कार्यालयले राजस्व संकलन र करदाता संख्यामा भएको वृद्धिले कर प्रशासनप्रति बढ्दो सहभागिता तथा करको दायरा विस्तार भएको संकेत गरेको जनाएको छ।






