असोज १६ देखि १९ गतेसम्म कांग्रेसको महाधिवेशन हुन्छ : सभापति थापा

1200x150_1200x150-01.jpg (1)

पर्सा , साउन २४ —

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय भएको मिति कुनै पनि हालतमा परिवर्तन गर्न नसकिने बताएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने गरी तय भएको कार्यतालिका नै अन्तिम रहेको बताएका हुन्।

पार्टीको विधान र कानुनअनुसार तय भएको कार्यतालिका परिवर्तन गर्ने अधिकार कसैलाई नरहेको उनले बताएका छन्। महाधिवेशनको मिति तलमाथि गर्ने सुविधा कसैलाई नभएको भन्दै उनले असोज १६ देखि १९ गतेसम्म नै महाधिवेशन हुने दाबी गरेका छन्।

सभापति थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनका विषयमा सर्वोच्च अदालतले दिएको पुनरावलोकन आदेशलाई सामान्य रूपमा लिएको बताएका छन्। आवश्यक परे पुनः न्यायालयको सामना गर्ने उनले बताएका छन्।

विधानसम्मत भएको विशेष महाधिवेशनलाई यसअघि निर्वाचन आयोग र सर्वोच्च अदालतले समेत वैधानिकता दिइसकेको भन्दै डराउनुपर्ने अवस्था नरहेको थापाले बताएका छन्।

बैठकमा आगामी १५औँ महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउने विषयमा समेत छलफल गर्नुपर्ने उनले बताएका छन्।

सम्बन्धित पोस्टहरुः