ब्राउन सुगरसहित भारतीय नागरिक वीरगंजमा पक्राउ

1200x150_1200x150-01.jpg (1)


वीरगञ्ज, साउन २४ —

वीरगंजमा १६.५७ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शनिबार राति करिब १०ः३० बजे वीरगंज महानगरपालिका–१४ कृष्णप्रणामी चोकमा लागुऔषध ब्राउन सुगरको खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

खानतलासी गर्दा भारत बिहारको मोतिहारी, पंटोका श्रीपुर ग्राम पञ्चायत–१ बस्ने २५ वर्षीय शत्रुधन पासवानले लगाएको पाइन्टको खल्तीबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

प्लास्टिकसहित उक्त पदार्थको तौल १८ ग्राम ८० मिलिग्राम र प्लास्टिक हटाउँदा १६ ग्राम ५७ मिलिग्राम रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका पासवानलाई बरामद पदार्थसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

सम्बन्धित पोस्टहरुः