सीडीओ कार्यालयअगाडिको नालामा नवजात शिशुको शव फेला

1200x150_1200x150-01.jpg (1)

वीरगंज , साउन – २६

वीरगंजस्थित जिल्ला प्रशासन कार्यालय (सीडीओ कार्यालय) अगाडिको नालामा मंगलबार नवजात शिशुको शव फेला परेको छ।

नालामा शिशुको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ।

शिशुको शव नालामा कसरी आइपुग्यो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ। शिशुलाई कसले र किन त्यहाँ छाडेको भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः