किशोर श्रेष्ठ पक्राउ प्रकरणमा प्रेस काउन्सिलको ध्यानाकर्षण

1200x150_1200x150-01.jpg (1)

पर्सा , साउन २८ –

जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको तथा जनआस्थाको कार्यालयमा प्रहरीले छापा मारी सञ्चार सामग्री जफत गरेको विषयमा प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

काउन्सिलका प्रवक्ता दीपक खनालले विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई पक्राउ गर्नुका साथै उनको निजी निवास र जनआस्थाको कार्यालयमा खानतलासी गरिएको घटनाप्रति ध्यानाकर्षण भएको बताएका छन्।

काउन्सिलले समाचार गलत भएमा प्रेस काउन्सिलमा उजुरी दिनुपर्ने र काउन्सिलले आवश्यक छानबिन गरी प्रक्रिया अघि बढाउने व्यवस्था रहेको जनाएको छ। तर श्रेष्ठको हकमा समाचार लेखेकै विषयलाई लिएर पक्राउ गर्नुका साथै सञ्चार सामग्रीसमेत जफत गरिएको भन्दै

काउन्सिलले सरकारलाई आफ्नो अधिकार क्षेत्रबारे सचेत गराएको छ।
नागरिकको सूचनाको हकको प्रत्याभूति प्रेस स्वतन्त्रताबाट हुने भएकाले प्रेसको मर्यादा कायम राख्नु सबैको कर्तव्य रहेको काउन्सिलले जनाएको छ।

सम्बन्धित पोस्टहरुः